Logo

दुधको मूल्य बढयो, अब उपभोक्ताले प्रतिलिटर १० रुपैयाँ बढी तिनुपर्ने

दुधको मूल्य बढयो, अब उपभोक्ताले प्रतिलिटर १० रुपैयाँ बढी तिनुपर्ने



काठमाडौं, २० फागुन । अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ । कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मूल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो।

जसअनुसार दुधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समय देखी दुधको मुल्य बढाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए ।

नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ। दुग्ध व्यवसायीका अनुसार अहिलेको मूल्यवृद्धिअनुसार दुध खरिद गर्दा उपभोक्ताले अब प्रतिलिटर १० रुपैयाँ थप तिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL