Logo

सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, प्रिमियम मूल्य थपसहित २५०.५५ रुपैयाँ पर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, प्रिमियम मूल्य थपसहित २५०.५५ रुपैयाँ पर्ने



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न फागुन १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

बोर्डका अनुसार कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा १५०.५५ रुपैयाँ प्रिमियम थप गरि २५०.५५ रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने भएको हो ।

बोर्डबाट निष्कासन तथा बिक्रीको अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा २ अर्ब ४० करोड ५२ लाख ८० हजार बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री गर्ने छ ।

कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ रहेको छ । सन नेपालसँगै बोर्डमा प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या ६ पुगेको छ । यसअघि सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, भगवती हाइड्रोपावर, घोराही सिमेन्ट र माण्डू हाइड्रोपावर कम्पनीले प्रिमियममा आईपीओ ल्याउन आवेदन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL