Logo

‘पुँजीबजार सुधारका चुनौती’ अन्तरक्रिर्या सम्पन्न, पुँजीबजार विकासमा सरकार सकारात्मक

‘पुँजीबजार सुधारका चुनौती’ अन्तरक्रिर्या सम्पन्न, पुँजीबजार विकासमा सरकार सकारात्मक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पुँजीबजार सुधारका चुनौतीहरु र वित्त नीति विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डले आयोजना गरेका कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाल, सह–सचिव सूर्य प्रसाद आचार्य, नेपाल सरकार, अर्थ मन्त्रालयका उप–सचिव डा. बासु शर्मा, नेपाल स्टक एक्सचेञ्ज लि. काअध्यक्ष रामजी रेग्मीलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले समग्र पुँजी बजारको अवस्था र सुधारका चुनौतीहरु विषयक कार्यक्रम प्रस्तुत गरे । साथै पुँजीबजार सुधार तथा विकासमा बोर्ड निरन्तर रुपमा लागेको र यसमा सबै सरोकारवाला पक्षहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको विचार राखे ।

त्यसैगरी डा.बासु शर्माले पुँजीबजारका आधारभुत पक्ष र वित्त नीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।  नेपाल सरकार पुँजीबजार विकासका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भनी अध्ययनमा लागेको र यो बजारलाई विकास गर्न वास्तविक क्षेत्रका कम्पनीहरुलाई आकर्षित गर्न आवश्यक देखिएको बताए ।

डा.शर्माले बजारको वास्तविक सुधार तथा विकास र विभिन्न कारणले आउन सक्ने संकटबाट बजारलाई बचाउन अध्ययन अनुसन्धान तथा लगानीकर्ता शिक्षामा विशेष जोड दिनुपर्ने समेत विचार व्यक्त गरे ।

कार्यक्रममा राजस्व सचिव राजन खनालले नेपाल सरकार पुँजीबजार विकासका लागि सकारात्मक रहेको बताए । साथै सरकारको आगामी बजेटको पूर्वाधारमा सम्पूर्ण सरोकारवाला पक्षहरुको सहभागीतामा आयोजित कार्यक्रमले पुँजी बजार सम्बन्धमा समावेश हुनुपर्ने विषयवस्तु पहिचान बताए ।

त्यस्तैपुँजीबजारको बास्तविक सुधार तथा विकासका लागि नियमन निकाय सवल एवं शसक्त हुनुपर्ने, बजारमा सर्वसाधारणको विश्वास हुनुपर्ने, बजार नियमन तथा संचालनमा सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल स्टक एस्सचेञ्ज लि.मा रहेको सरकारको स्वामित्व कम गर्न आवश्यक गृहकार्य भइरहेको वताए । यसका लागि इच्छुक पक्ष अगाडि आइनसकेको जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा आफ्नो विचार राख्दै नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय व्यवस्थापन महाशाखाका सह–सचिव सूर्य प्रसाद आचार्यले प्रस्तुत कार्यपत्रहरुले पुँजीबजारको सुधार तथा विकास सम्बन्धी मुद्दाहरुलाई ठोस रुपमा उठान गर्न सकेको र सोबाट आगामी बजेटमा यससम्बन्धमा राखिनुपर्ने विषयहरु थप स्पष्ट भएकोे विचार व्यक्तगर्नु भयो । साथै, पुँजीबजार सुधारकाक्रममाहालधितोपत्रको दोस्रो बजारमा रहेको स्वामित्व सम्बन्धीकमीकमजोरीमा सुधार गरी यसको कार्यसम्पादनमा सुधार ल्याउन नेपाल सरकार सकारात्मक रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL