Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने स्थिर

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने स्थिर



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । बुधबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार बढ्दै प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्