Logo

भूकम्प पीडितलाई ५ लाख दिने घोषणा, सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम ल्याउदै

भूकम्प पीडितलाई ५ लाख दिने घोषणा, सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम ल्याउदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले भूकम्प पीडितलाई ५ लाख दिने घोषणा गरेको छ । यसअघि घोषणा गरिएको दुई लाख रुपैयाँलाई बढाएर सरकारले ५ लाख रुपैयाँ र्पुयाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा भूकम्प पीडितलाई थप ३ लाख रुपैयाँ दिने घोषणा गरिएको हो ।

२ लाख सहुलियत ऋणले घरको जगमात्र बनाउन सम्भव रहेको पीडितहरुले गुनासो गरेपछि सरकारले ३ लाख रुपैयाँ थप्ने घोषणा गरेको हो ।

त्यस्तै सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम घोषणा गरेको छ । नागरिकको आर्थिक स्थितिलाई सुधार्ने उद्देश्यका साथ सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम घोषणा गरेको हो ।
सरकारले पहिलो चरणमा भूकम्प प्रभावित जिल्लामा यो कार्यक्रम लागू गर्नेछ । त्यसपछि अन्य जिल्लामा एक घर एक रोजगार कार्यक्रम घोषणा गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्