Logo

सरकारले पेट्रोलियम आपूर्तिको स्रोत विविधिकरण गर्ने, खाद्य, औषधि र उर्जामा आत्मनिर्भर बन्ने योजना

सरकारले पेट्रोलियम आपूर्तिको स्रोत विविधिकरण गर्ने, खाद्य, औषधि र उर्जामा आत्मनिर्भर बन्ने योजना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको स्रोत विविधिकरण गर्ने भएको छ । आइतवार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले उर्जामा पनि जोड दिने बताएकी हुन् ।

सो अवसरमा उनले खाद्य, औषधि, उर्जामा आत्मनिर्भर हुने गरी अघि बढ्ने योजना रहेको बताइएको छ । त्यस्तै कृषितर्फ आधारभुत रुपमा दुई वर्षमै आत्मनिर्भर हुनेतर्फ सरकार अग्रसर हुनेछ ।

पूर्वाधार विकास बैंक स्थापना गरेर ठूला आयोजना निर्माण अघि बढाउने कार्यक्रममा उल्लेख छ । त्यसैगरी मुलुकका विभिन्न भागहरुलाई कृषिको विशेष बालीको पकेट क्षेत्र निर्धारण गर्ने । कृषिको यात्रिकरणलाई प्रोत्साहन दिने । नीति तथा कार्यक्रममा कृषि प्रविधिकको सेवा उपलब्ध गराइने बताइएको छ ।

त्यस्तै सूचनाहरु मोबाइल फोनमार्फत सम्प्रेशण गर्ने व्यवस्था मिलाइनेछ । उन्नत जातका गाइभैसी, बाख्राको उत्पादन र वितरणलाई व्यवस्थित बनाउने समेत बताइएको छ । कार्यक्रममा कृषकहरुलाई सहुलियत ऋण उपलब्ध गराइने समेत उल्लेख छ ।  त्यस्तै भू उपयोग ऐन ल्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्