Logo

ज्योत्स्ना श्रेष्ठको अध्यक्षतामा रत्न तथा आभूषण उद्योग फोरम गठन

ज्योत्स्ना श्रेष्ठको अध्यक्षतामा रत्न तथा आभूषण उद्योग फोरम गठन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ज्योत्स्ना श्रेष्ठको अध्यक्षतामा रत्न तथा आभूषण उद्योग फोरम गठन गरेको छ । महासंघको कार्यकारिणी सदस्य सम्मेत रहेको श्रेष्ठको अध्यक्षतामा एक भेलाको बीच उद्योग फोरम गठन गरिएको हो । Ratna_abhusan

यसैगरी फोरमको उप संयोजकमा नेपाल सुन चाँदी व्यवसाय महासंघको अध्यक्ष मणि रत्नशाक्य  रहेका छन् । सदस्यहरुमा महेन्द्र रत्न शाक्य (अध्यक्ष काठमाडौं सुन चाँदी व्यवसाय संघ), गोपाल राज रेग्मी (अध्यक्ष नेपाल खनिज तथा खानी संघ), कृष्ण लाल महर्जन (सचिव नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ), निर्मल ज्योति तुलाधर (प्रबन्ध संचालक गोल्ड स्पट प्रा.ली.), युवानन्द बज्राचार्य (प्रबन्ध संचालक काठमाडौं देव कर्नर,), शक्ति कुमार वेगानी (प्रवन्ध संचालक गणपति ज्वेलर्स) र विमल वेगानी (प्रबन्ध संचालक महालक्षमी ज्वेलर्स विराटनगर) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL