Logo

वेस्टर्न अष्ट्रेलियाको पर्थ शहरमा जुनकिरी नाइट कन्सर्ट हुँदै

वेस्टर्न अष्ट्रेलियाको पर्थ शहरमा जुनकिरी नाइट कन्सर्ट हुँदै



काठमाडौं । साशा इन्टरटेनमेन्टको आयोजनामा वेस्टर्न अष्ट्रेलियाको पर्थ सहरमा जुनकीरी नाइट साँगितिक कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्याण्ड, यश कुमारसहित पर्थको स्थानीय कलाकारहरु स्वस्ति श्रेष्ठ, सफलता गुरुङ, हृतिक श्रीवास्तवको प्रस्तुति रहनेछ।

अष्ट्रेलियन टेक्निकल कलेज, मोमो प्लानेट, डोको टुर प्रायोजक रहेको यस कार्यक्रममा एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लब र कर्मा इभेन्टस सहयोगी भुमिकामा रहेका छन्। बिगत लामो समयदेखी नेपाली सांगीतिक क्षेत्रमा आवद्ध कलाकारहरुको प्रस्तुति रहने भएकोले उल्लेख्य नेपाली पर्थबासीको उपस्थिति रहने आयोजकले अपेक्षा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्