काठमाडौं । आइतवार देशभर विभिन्न कार्यक्रम गरि कानुन दिव मनाइदै छ । न्यायपालिका स्वतन्त्र भएको दिनको सम्झना स्वरुप कानुन दिवस मनाउन लागेको हो ।
विसं २००७ सालको जनक्रान्ति पछि २००८ साल वैशाख २६ गते पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भई नेपालको न्यायपालिका स्वतन्त्र अंगका रुपमा स्थापना भएको थियो । त्यही खुशियालीमा भन्दै हरेक बर्ष बैशाख २६ गते कानुन दिवस मनाइन्छ ।
कानुन दिवसका अवसरमा जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा सार्वजनिक विदा हुने गरेको छ ।