Logo

सिंहदरबारकै क्यान्टिनमा अखाद्य वस्तु छ्यापछ्याप्ती, तिराईयो जरिवाना

सिंहदरबारकै क्यान्टिनमा अखाद्य वस्तु छ्यापछ्याप्ती, तिराईयो जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबार परिसरभित्र अनुगमन गरेको छ । आईतबार विभागको ३ सदस्यीय टालीले सिंहदरबारको केन्द्रीय क्यान्टीनमा अनुगमन गरेको हो ।

उक्त अनुगमनका क्रममा सिंहदरबारको क्यान्टीनमा म्याद सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ तथा दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागले जानकारी दिएको छ ।

विभागले तत्कालै त्यस्तो वस्तुहरु नष्ट गरी क्यान्टीनका संचालनक विरुद्ध ३ लाख रुपैयाँ जरिवाना तोकेको हो । यस्तै टोलीले अन्य २ क्यान्टीनमा पनि अनुगमन गरेको थियो । जसमध्ये एउटामा कागजात नै नभएको र अर्काेमा सामान्य समस्या देखिएको पाईएको थियो ।

विभागका अनुसार कागजात नभएको क्यान्टीनलाई आगामी ३ दिनभित्रै कागजातसहित उपस्थित हुन र अर्काेलाई सामान्य निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL