Logo

आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै, सान्दर्भिक महत्वका विषय समावेश हुने

आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै, सान्दर्भिक महत्वका विषय समावेश हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार व्यवस्थापिका–संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् । संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले आइतबार अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम छ ।

नीति तथा कार्यक्रममा अहिलेको सान्दर्भिक महत्वका विषय समावेश हुने बताइएको छ । साथै संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनर्निर्माण, भूकम्प पीडित जनतालाई राहत, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय नीति तथा कार्यक्रममा समावेश हुने छ ।

त्यसैगरी आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायीकरण, स्थास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL