Logo

परिसंघको ५ आधारभूत विषयमा हस्ताक्षर संकलन अभियान शुरु, कार्यन्वयनका लागि दबाब दिइने

परिसंघको ५ आधारभूत विषयमा हस्ताक्षर संकलन अभियान शुरु, कार्यन्वयनका लागि दबाब दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघले पाँच आधारभूत विषयको सुनिश्चितताका लागि हस्ताक्षर संकलन गरेको छ । परिसंघले शुक्रबारदेखि यो अभियान सुरु गरेको हो ।
शान्ति र आर्थिक समृद्धि, रोजगारी र विकास, शिक्षा र स्वास्थ्य, पानी र विजुली तथा आत्मनिर्भरता र स्वाभिमानको पक्षका लागि हस्ताक्षर संकलन गरिएको बताइएको छ ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले सो अभियानको सुरुवात गरेका थिए ।

त्यस्तै सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललगायतले हस्ताक्षर गरेको बताइएके छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले समेत यो अभियानप्रति ऐक्यवद्धता जनाएका छन् ।

अभियानमा दश लाख जनताको हस्ताक्षर गरेर नीति निर्माण तहमा कार्यान्वयनका लागि आग्रह गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL