Logo

मन्त्रिपरिषदको बैठकले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३३ सय ५१

मन्त्रिपरिषदको बैठकले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३३ सय ५१



काठमाडों । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ तोक्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७९र०८० का लागि उक्त मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।

बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै मन्त्रीपरिषदको बैठकले मध्यस्थता विवाद चलिरहेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता अन्त्यसम्बन्धी निर्णयउपर दर्ता भएको मध्यस्थता विवादको निर्णय नभएसम्म थाइल्यान्डस्थित नेपाली दूतावासले खानेपानी मन्त्रालयसँग निकट सम्पर्क र समन्वयमा रही कानूनी प्रतिरक्षासम्बन्धी आवश्यक कामकाज गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

यस्तै सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई यही फागुन २३ देखि २५ सम्म जर्मनको बर्लिन सहरमा आयोजना हुने इन्टरनेशनल टुरिजम ब्रोसे (आइटिबी) बर्लिन २०२३ पर्यटन मेलामा सहभागी हुन स्वीकृति दिएको छ । बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने तथा नेपाल दूरसञ्चार प्राधिकरणमा कानून सदस्यको पदमा नाम सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको नेतृत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । सरकारले लोकसेवा आयोगको सिफारिसमा स्वास्थ्य सेवाका ११औँ तहमा दुई जनालाई नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL