Logo

को हुन पानामा पेपर्समा जोडिएका नेपाली ?, सोमवार सार्वजनिक हुँदैछ नाम

को हुन पानामा पेपर्समा जोडिएका नेपाली ?, सोमवार सार्वजनिक हुँदैछ नाम


बिजखबर संवाददाता
0
Shares

सोमवार विश्वभरका मानिसहरुले कुन राजनितीज्ञ,सेलिव्रेटि तथा उद्योगी पानामा पेपर्समा मुछिएका छन् हेर्न सक्नेछन् ।  पानामा पेपर्समा आवद्धहरुको सूची सोमवार दिउँसो २ बजे सार्वजनिक गरिदै छ ।

इन्टरनेशनल कनर्सोटियम अफ इन्भिेष्टिगेटिभ जर्नालिष्टका डेप्युटि डाइरेक्टर मारिना वाकर गुइभेराले भने ‘तपाँईले कम्पनी र अन्य मालिकहरु देख्न सक्नुहुने छ, जुन सूचना आजसम्म उपलब्ध छैन ।’ साथै यो सूचना जसले पव्लिक तथा पारदर्शि कम्पनीका मालिकहरु पनि संवद्ध भएको देखाउन सक्ने बताइएको छ । त्यस्तै कसरी त्यस्ता कम्पनी जोडिए बारे जानकारि लिन सकिन्छ ।

के हो पानामा पेपर्स ?
मध्य अमेरिकी देश पानामास्थित एउटा ल फर्म मोसाक फोन्सेकाबाट ११ करोडभन्दा बढी कागजात लिक भएको थियो । ती कागजातलाई पानामा पेपर्सको नाम दिइएको हो ।
ती कागज विभिन्न देशका उद्योगी व्यापारि, राजनितिज्ञ तथा कलाकारहरुले कर छल्नका लागि फेक आइडिमा कम्पनी खोलिएको बारे जानकारी भएको आशंका छ ।
विभिन्न राष्ट्रका शक्तिशाली राजनीतिज्ञ, तिनका परिवार र विभिन्न मुलुकका प्रतिष्ठित व्यक्तिहरुको नामावली का साथै कारोबार ती कागजातमा संलग्न छ ।

फोन्सेकाका कागजातहरु गोप्य रुपमा जर्मनीको एउटा पत्रिकाले प्राप्त गरेको थियो। सो पत्रिकाले ति कागजातहरु खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्न्लिस्टस (आइसिआइजे)लाई उपलब्ध गराएको हो । आइसिआइज बीबीसी, गार्जियन तथा भारतको इण्डियन एक्सप्रेस लगायतसंगको सहकार्यमा अनुसन्धान सुरु गरे।

संसारका विभिन्न ७८ मुलकका पत्रकारहरुले धेरै लामो अनुसन्धान गरेर ती कागजातमा नाम समेटिएका विभिन्न व्यक्ति उनीहरुसँग संग्लग्न कम्पनीको कारोबारको फेरहिस्त सार्वजनिक गर्ने काम सुरु गरेका छन्।

विभिन्न देशका १ सय ४२ राजनीतिज्ञ पानामा पेपर्समा मुछिएका छन्। त्यसमध्ये १२ जना राष्ट्रिय नेताहरु छन्। जसमा रसियाका राष्ट्रपति भ्ल्यादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ, आइसल्याण्डका प्रधानमन्त्री सिग्मंदुर डेभिड गुनलौग्सन, इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकका छोरा अला मुबारक र ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनका बुबालगायतको नाम पनि मुछिएको छ।त्यस्तै नेपाली राजनितिज्ञ तथा व्यवसायीहरु पनि पानामा पेपर्समा मुछिएको आशंका गरिएको छ । एजेन्सि/

प्रतिक्रिया दिनुहोस्
MBL