Logo

अव्यवस्थित तार ७ दिनभित्र हटाउन ललितपुर महानगरपालिकाको निर्देशन, नहटाए कारबाही

अव्यवस्थित तार ७ दिनभित्र हटाउन ललितपुर महानगरपालिकाको निर्देशन, नहटाए कारबाही



काठमाडौं । ललितपुर महानगरपालिकाले एक हप्ताभित्र असरल्ल परेका इन्टरनेट र टेलिफोनका तारहरु हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित तारहरु हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई नै चुनौती दिनेगरी सडक किनार, पर्यटकीय क्षेत्रलगायत वरपरी इन्टरनेट सेवाप्रदायकले तार व्यवस्थापनमा ध्यान नपुर्याएको आरोप महानगरपालिकाको छ । सम्बन्धित निकायहरुले ७ दिनभित्र उक्त तारहरु नहटाएर कानुनअनुसार कारबाही गरिने महानगरपालिकाद्वाारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्