Logo

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ओरालो लागेको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर १ हजार २ सय ८५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्