Logo

पुरानो बसपार्कमा भ्युटावर बनाईरहेका ठेकेदार मनोज भेटवाल पक्राउ, बैंकिङ कसुर गरेको आरोप

पुरानो बसपार्कमा भ्युटावर बनाईरहेका ठेकेदार मनोज भेटवाल पक्राउ, बैंकिङ कसुर गरेको आरोप



काठमाडौं । पुरानो बसापार्कमा भ्यु टावर निर्माणको ठेक्का पाएका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटवाललाई बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो।

काठमाडौं प्रहरी कार्यालयका अनुसार उनीबिरुद्ध बैंकिङ कसुरको उजुरी परे पछि पक्राउ गरिएको हो । परिसरले आजै उनलाई अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं पुर्याईँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL