काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन् । विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए ।
त्यस्तै अन्तर्रा्ष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो।
अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका छन् । यसअघि विदेशबाट नेपाल आइपुगेपछि ब्यागेज लिन बढीमा करिब चार घन्टासम्म यात्रुले कुर्नुपर्ने बाध्यता थियो ।
थप बेल्ट जडानपछि अब यात्रुले आफ्नो लगेज बढीमा ४५ मिनेटभित्र पाउने बताइएको छ। सो बेलटको संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शुभारम्भ गरे ।