Logo

नेपाल लाइफको सामाजिक उत्तरदायित्व, पशुपतिनाथमा पानी तथा भोजन वितरण

नेपाल लाइफको सामाजिक उत्तरदायित्व, पशुपतिनाथमा पानी तथा भोजन वितरण



काठमाडौं । नेपाल लाइफ इनस्योरेन्स कम्पनीले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीका सिईओ प्रविण रमण पराजुली, कम्पनी सचिव बिनोद कुमार भुजेल, कम्पनीका कर्मचारी सहभागी भएर पानी तथा भोजन वितरण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

पशुपतिनाथको मन्दिर परिसरमा स्टल नै राखेर आज दिनभरि नै भक्तजनहरुलाई सेवा प्रदान गरेको हो । कम्पनी सचिव तथा सूचना अधिकारी भुजेलका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथको मन्दिरमा भक्तजनहरुलाई सेवा प्रदान गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पानी तथा भोजन खुवाउँदै आएको एलआईसी नेपालले आज करिब छ हजार जनालाई पानी तथा भोजन खुवाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL