Logo

सिइडिवी हाइड्रो फण्ड लिमिटेडले साधारण सेयर निष्कासन गर्दै, विक्री प्रवन्धकमा एनसिएम

सिइडिवी हाइड्रो फण्ड लिमिटेडले साधारण सेयर निष्कासन गर्दै, विक्री प्रवन्धकमा एनसिएम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । श्री सिइडिबी हाइड्रो फण्ड लिमिटेडले आफ्नो साधारण सेयर निष्काशन तथा विक्री प्रवन्धकमा एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेडलाई प्रवन्धकमा नियुक्त गरेको छ । काठमाण्डौमा रजिष्टर्ड कार्यालय कम्पनीले काठमाण्डौंकोे १७ लाख ६१ हजार प्रति कित्ता रु १ सय वरावर रु. १७ करोड ६१ लाखको साधारण शेयर निष्काशन गर्न लागेको हो ।

सो उक्त कार्यका लागि कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिनय कुमार भण्डारी तथा एनसिएमका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरे ।

साथै निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ । नेपालमा जलविद्युत आयोजनाको प्रवद्र्धन र विकास गर्न क्लिन इनर्जी डेभलपमेण्ट बैंकद्धारा सन् २००९ नोभेम्बरमा सिइडिबी हाइड्रो फण्ड लि. स्थापना भएको हो ।

कम्पनीको उद्देश्य विभिन्न जलविद्युत आयोजनामा लगानी तथा निमार्ण गर्नु हो । यस कम्पनीद्धारा प्रवद्धित ३ वटा जलविद्युत आयोजनाहरु राधी जलविद्युत आयोजना (४.४ मेगावाट), साङ्गे जलविद्युत आयोजना (१८३ किलोवाट) र खुदि जलद्यिुत आयोजना (४ मेगावाट) संचालनमा रहेका छन् ।

निर्माणाधिन आयोजनाहरुमा दोर्दी खोला जलविद्युत आयोजना (१० दशमलव ३ मेगावाट) लमजुङ्ग जिल्ला, रुकुम गाड जलविद्युत आयोजना (५ मेगावाट) रुकुम जिल्ला र तल्लो खरे खोला जलविद्युत आयोजना (११ मेगावाट) दोलखा जिल्लामा रहेका छन् । त्यस्तै कसुवा खोला जलविद्युत आयोजना (४५ मेगावाट) बो अध्ययन कार्य भैरहेको छ । कम्पनीको अधिकृत पूजी १ अर्ब रुपैया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL