Logo

कडा मापदण्डले विज्ञापन कर असुलीमा बृद्धि, लक्ष्य भन्दा ४ गुणा बढी संकलन

कडा मापदण्डले विज्ञापन कर असुलीमा बृद्धि, लक्ष्य भन्दा ४ गुणा बढी संकलन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गत बर्ष काठमाडौं महानगरपालिकामा लक्ष्य भन्दा ४ गुणा बढी विज्ञापन कर उठेको छ । काठमाडौं महानगरपालिकाका राजस्व शाखा प्रमुख धु्रव काफ्लेका अनुसार २०७२ मा ५० लाख बराबरको विज्ञापन उठ्ने लक्ष्य राखिएकोमा बढी विज्ञापन कर उठेको हो । ‘गत बर्ष लक्ष्य विपरित १ करोड ९० लाख बराबरको विज्ञापन कर उठेको छ’ उनले भने ।

अघिल्लो बर्ष १६ लाखको विज्ञापन कर उठाइएको थियो । विज्ञापन राख्नमा कडाई गरेसँगै बढी कर उठेको उनले जानकारी दिए । पहिला अनुमानको भरमा मात्र उठाएकोले विज्ञापन धेरै भएपनि कर कम उठेको उनले जानकारी दिए ।

महानगरपालिकाले ट्याक्सी तथा सवारीसाधनमा राखिने विज्ञापनको पनि कर लिने गरेको छ । साथै सवारी साधनमा कहाँ विज्ञापन राख्नेबारे नियम बनाएको । पनि नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो नियम लागु गरिएको बताइएको छ । विज्ञापन नीति अनुसार निजी बाटो भन्दा १० फिट भित्र र छिमेकीको जग्गाभन्दा १० फिटभित्र, ३० फिट उचाइमा पूर्व स्वीकृति लिएर राख्नु पर्छ ।

त्यसमा पनि पहिला डिजाइन स्वीकृत गरेर मात्र विज्ञापन राख्न पाइन्छ । त्यस्तै भवनको छत झ्याल,कौसीमा राख्न पाइदैन । काफ्लेका अनुसार सिनेमाहल तथा पेट्रोल पम्प र सपिङ कम्प्लेक्समा भने विज्ञापन गर्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL