Logo

सिजी ओपन नकआउट फुटवल आयोजना हुँदै, १६ टीम सहभागी, प्रयोजकमा सिजी सिमेन्ट

सिजी ओपन नकआउट फुटवल आयोजना हुँदै, १६ टीम सहभागी, प्रयोजकमा सिजी सिमेन्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नवलपरासीमा यही बैशाख २५ गतेदेखि देखि राष्ट्रियस्तरको ‘सिजी ओपन नकआउट कप फुटबल टुर्नामेन्ट’ हुने भएको छ । नवलपरासीको दुम्कीबासस्थित सिजी फूटबल ग्राउन्डमा आयोजना हुने सो प्रतियोगितामा बी डिभिजनसम्मका फुटबल टोलीहरुले सहभागीता जनाउनेछन् ।

स्थानीय तवरमा राष्ट्रियस्तरको फुटबलको आयोजना हुनुले यस क्षेत्रकै खेलकूदको विकासमा सकारात्मक प्रभाव पर्ने चौधरी ग्रूपको विश्वास छ । ‘खेलकूदले युवामा सकारात्मक उर्जाको सञ्चार गर्छ,’ चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हाम्रो उद्देश्य भनेको स्थानीय युवाहरुलाई खेलकूद लगायतका क्षेत्रमा अवसर प्रदान गर्ने तथा यस क्षेत्रको विकासमा युवाको सहभागितालाई प्रोत्साहित गर्नु हो ।’

प्रतियोगितामा विजयी हुने टोलीले ट्रफी तथा प्रमाणपत्रसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै दोश्रो हुने टोलीले ट्रफी तथा प्रमाणपत्रसहित ५१ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना स्थानीय सुनटाँडी युवा क्लबले गर्नेछ भने त्यसको प्रायोजक चौधरी ग्रूप अन्तर्गतको सिजी सिमेन्ट रहने छ ।

प्रतियोगितामा कूल १६ टोलीहरु सहभागी हुनेछन् । नवलपरासीका अतिरिक्त हेटौंडा, चितवन, पोखरा, बुटबललगायतका फुटबल क्लबहरु उक्त प्रतियोगितामा सहभागी हुनेछन् । १६ दिनसम्म चल्ने सिजी ओपन नकआउट कप फुटबल टुर्नामेन्टको फाइनल खेल भने जेठ ९ गेत हुने छ

प्रतिक्रिया दिनुहोस्
MBL