Logo

बालाजु र लोत्से मलमा तोडफोड गर्ने मुख्य १५ जना पक्राउ, अन्यलाई खोजिँदै

बालाजु र लोत्से मलमा तोडफोड गर्ने मुख्य १५ जना पक्राउ, अन्यलाई खोजिँदै



काठमाडौं । प्रहरीले गत सोमबार काठमाडौंको बालाजु र बसपार्कस्थित लोत्से मलमा तोडफोड गर्ने १५ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लोत्से मलमा तोडफोड गरी लुट्ने ३ जना र बालाजुमा तोडफोड गर्ने अन्य १२ जनालाई पक्राउ गरेको हो ।

गत सोमबार काठमाडौंको माछापोखरी चोकमा यातायात मजदुरहरुले सडकमै गाडी तेस्र्याएर ट्राफिक नियमविरुद्ध आन्दोलन गरेका थिए । सोही आन्दोलनले नै पछि भयावह रुप लिएपछि आन्दोलनकारीले माछापोखरीको अस्थायी प्रहरी बिट, ट्राफिक आइल्याण्ड, प्रहरी भ्यानलगायत तोडफोड गरेका थिए ।

त्यतिमात्रै नभई आन्दोलनकारीले बसपार्कमा रहेको लोत्से मलमासमेत तोडफोड गरी मोबाइललगायत लुटेका पनि थिए । प्रहरीले सिसि क्यामराको फुटेज, भिडियोलगायतको माध्यमबाट अन्य आन्दोलनकारीको पनि खोजी भईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL