Logo

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घट्दै प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ ।

नेपाली बजारमा बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १२ सय ८५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्