काठमाडौं । ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लाने तयारी भएको छ ।
बुधबार बेलुका काठमाडौंको बुद्धनगरस्थित निवासमा भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ ।
२५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । तर चन्द्रको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ । चन्द्रको टाउको र दाइने साइडमा बढी असर गरेको छ ।
परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।