Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबार घट्दै प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्दै १२ सय ९० रुपैयाँ पुगेको छ । मंगलबार नेपाली बजारमा चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्