Logo

पानी पर्ने सम्भावना न्युन, यस्तो छ मौसम पूर्वानुमान

पानी पर्ने सम्भावना न्युन, यस्तो छ मौसम पूर्वानुमान



काठमाडौं । पछिल्लो समय नेपालमा हिउँदे बर्षा नहुँदा देशभरका किसान चिन्तित छन् । तर, मौसम पुर्वानुमान महाशाखाले अझै निकट दिनमा पानी नपर्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल प्रदेश नं १. बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भए पनि देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भाग सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भू-भागहरूमा आँशिक बदली रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL