Logo

५ लाख बराबरको नक्कली नोटसहित तीनजना पक्राउ, ५ सय थान नक्कली नोट बरामद

५ लाख बराबरको नक्कली नोटसहित तीनजना पक्राउ, ५ सय थान नक्कली नोट बरामद



काठमाडौं । बाँकेको नेपालगञ्जबाट करिब ५ लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरुको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ ।

रानाका साथबाट ४ सय १८ थान नक्कली नेपाली १ हजार रुपैयाँको नोट र कुमाइको साथबाट १ सय ५१ थान नक्कली नेपाली १ हजारको नक्कली नोट बरामद गरिएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मङ्गलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL