Logo

सवारी लाइसेन्सका लागि बागमती प्रदेशमा नयाँ नियम लागू, अब ७० अंक ल्याए ट्रायल पास

सवारी लाइसेन्सका लागि बागमती प्रदेशमा नयाँ नियम लागू, अब ७० अंक ल्याए ट्रायल पास



काठमाडौं । सवारी लाइसेन्सका सम्बन्धमा आजदेखि वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास हुने व्यवस्था लागू भएको छ । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली आजबाट लागू भएको हो ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले आजदेखि ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू गरिएको बताए । यसअघि बागमती प्रदेशले पटकपटकको प्रयास गर्दा पनि यो प्रणाली लागू गर्न सकेको थिएन । फागुन १ गतेदेखि लागू गर्ने गरी निर्णय भएपनि सार्वजनिक बिदा परेकाले आजदेखि सुरु गरिएको पोखरेल जानकारी दिए ।

अब भने ट्रायल दिन बाँकी सबैको छिटोभन्दा छिटो पालो आउने पोखरेल बताए । पहिले ३० प्रतिशत मात्र ट्रायल पास हुन्थे भने अब भने ७० प्रतिशत चालकहरु पास हुने उनको भनाइ छ । ७० प्रतिशतको व्यवस्थाले चालक अनुमतिपत्र प्राप्त गर्दा हुने झन्झटलाई न्यूनीकरण गर्ने अपेक्षा बागमती प्रदेशको छ ।

ट्रायलका बेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने घटना बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL