Logo

राष्ट्रिय जोखिम व्यवस्थापन सम्मेलन सम्पन्न, व्यवस्थापनका लागि केन्द्रिकृत प्रणाली आवश्यक

राष्ट्रिय जोखिम व्यवस्थापन सम्मेलन सम्पन्न, व्यवस्थापनका लागि केन्द्रिकृत प्रणाली आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनवीआइ)ले आयोजना गरेको राष्ट्रिय जोखिम व्यवस्थापन सम्मेलन २०१६” बुधवार सम्पन्न भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसंगको सहकार्यमा आयोजित सम्मेलनमा विभिन्न बैंक तथा वित्तीय संस्थाका व्यवस्थापक, जोखिम विभागका प्रमुख, सञ्चय कोषका,नागरिक लगानीकोष, एनसेललगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले जोखिम व्यवस्थापन आजको परिवर्तित बैंकिङ परिवेशमा पुरातन बैंकिङको दैनिक कार्यमात्र नभई समस्या समाधानको लागि सुरक्षाको दोस्रो तह भएको बताए ।

साथै सो यही कुरालाई मध्यनजर गर्दै राष्ट्र बैंकले विभिन्न समयमा जोखिम व्यवस्थापन निर्देशिका, आइसिएएपी निर्देशिका, सूूचना प्रविधि सम्बन्धी निर्देशिकाहरु जारी गरेको जानकारी गराए ।

बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापन कार्य एउटा अलग्गै कार्यको रुपमा विकसित भएको, आन्तरिक लेखा परीक्षण स्वतन्त्र रहेका अन्र्तक्रियाहरु समय समयमा भैरहेको तथा जोखिम व्यवस्थापन सम्बन्धी नीतिहरु पुर्नविचार तथा निर्माणहरु जस्ता कार्यहरु सकारात्मक रुपमा देखा परेको कुरा औंल्याए ।

साथै जोखिम व्यवस्थापन कार्य आफै पनि पूर्ण रुपमा स्वतन्त्र भैनसकेको, यस विषयमा सञ्चालक समितिको ध्यान कम रहेको, प्रष्ट खाकाको जोखिम व्यवस्थापन सम्बन्धीनीति, कार्यविधि तथा नियमहरु नभएका बताए ।

सम्मेलनमा नेशनल बैंकिङ ईन्ष्टिच्युटका अध्यक्ष शोभन देव पन्तले जोखिम व्यवस्थापन सवैजना मिलेर गरे मात्र संभव हुने बताए । साथै जोखिम व्यवस्थापनका लागि “बटम टु टप अप्रोच”नभइ “टप टु बटम अप्रोच”लिनु पर्ने कुरामा जोड दिए । व्यसाय बिस्तारका लागि बिकेन्द्रित प्रणाली लागू गर्न सकिने तर जोखिम व्यवस्थापनका लागि केन्द्रिकृत प्रणाली लागू गरेर मात्र गर्न सकिने व्यहोरा उल्लेख गरे ।

सो अवसरमा सम्मेलनमा नेपाल राष्ट्र बैंककापूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी, स्ट्याण्डर्ड चार्टर्ड बैंक भारतका उदय भाष्कर भेमुरी तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्म ढुङ्गानाले क्रमशः क्रेडिट जोखिम, सञ्चालन जोखिम र बजार जोखिम विषयमा छुट्टा छुट्टै प्रस्तुतिकरण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL