Logo

मन्त्रिपरिषदको निर्णय : सोमबार देशभर सार्वजनिक बिदा

मन्त्रिपरिषदको निर्णय : सोमबार देशभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आईतबार बसको मन्त्रिपरिषद बैठकले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए। २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्