Logo

अर्थमन्त्रीले भने-आठ प्रतिशतको लक्ष्य पुरा हुँदैन, आर्थिक पुनरुत्थानका क्रममा चुनौती थपियो

अर्थमन्त्रीले भने-आठ प्रतिशतको लक्ष्य पुरा हुँदैन, आर्थिक पुनरुत्थानका क्रममा चुनौती थपियो



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवको आर्थिक वृद्धि र मुद्रस्फीतिको लक्ष्यअनुसार नहुने बताएका छन् । चालु आवको बजेटको मध्यावधि समीक्षा गर्दै पौडेलले यस्तो बताएका हुन् ।

‘चालु आवमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने देखिँदैन,’ उनले भने, ‘कृषि र पर्यटन पक्षमा सुधार भएपनि उत्पादन मुलक उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा सुस्तता छाएको छ ।’ यस्तै वर्षको मुद्रास्फीति ७ प्रतिशत सीमामा राख्ने लक्ष्य भएकामा अहिले नै ७.६ प्रतिशत पुगिसकेको छ । यसअवधिमा कर्जा २.८ प्रतिशत र निक्षेप ४.२ प्रतिशतले बढेको छ । पौडेलले बैंकिङ प्रणालीमा तरलता सुधारोन्मुख अवस्थामा रहेको बताउँदै विगतमा तरलता नहुँदा अल्पकालीन ब्याजदर बढेको जानकारी दिएका छन् ।

पौडेलले निर्वाचनपछि गठन भएको सरकारको जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न थप स्रोत परिचालन गर्नुपर्ने अवस्थामा बजेट सन्तुलन कायम गर्न कठोर कदम चाल्नुपर्ने बाध्यता आएको पनि बताएका छन् । संसदमा चालु आवको बजेटको मध्यावधि मूल्यांकन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेटको अर्धवार्षिक मूल्यांकन गरिएको हो । सोअघि संघीय संसदलाई जानकारी गराइएको हो । मन्त्री पौडेलले पछिल्लो केही समयदेखि अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएको र आर्थिक पुनरुत्थानका क्रममा चुनौती थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL