Logo

फागुन ५ गते देशभर आन्दोलन गर्ने व्यवसायीको घोषणा, सुनुवाई नभए तालाचावी बुझाउने

फागुन ५ गते देशभर आन्दोलन गर्ने व्यवसायीको घोषणा, सुनुवाई नभए तालाचावी बुझाउने



काठमाडौं । नेपालभरका उद्योगी व्यवसायीले देशभर आन्दोलनको घोषणा गरेका छन् । बैंकले लिएको चर्काे ब्याजदर, निजी क्षेत्रमाथि सरकारले गरेको ज्यादतिलगायतका विरुद्ध उद्योगी व्यापारीले आगामी फागुन ५ देखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । उक्त आन्दोलनमा उद्योगी व्यवसायीहरूका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले ऐक्यवद्धता जनाउने बताईएको छ ।

आन्दोलनको घोषणा गर्नेगरी आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्षसमेत रहेका संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले सरकारी नीति र ज्यादतिसँगै बैंकहरुले गरेको मनपरी विरुद्ध आदोलन गर्न लागेको बताएका छन् ।

यसअघि यातायात क्षेत्रका मजदूर संगठन र व्यवसायीहरुले पनि ट्राफिक प्रहरीका ज्यादतिविरुद्ध भन्दै आन्दोलनको घोषणा गरिसकेका छन् ।

संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघलगायतको सहभागिता रहनेछ ।

यस्तै उक्त महासंघहरुमा आवद्ध ३८ वटा संघहरुले पनि आन्दोलनमा भाग लिनेछन् । यसअघि पनि यस्ता बिषयहरुका बारेमा सम्बन्धित निकायमा ज्ञापनपत्र, अनुरोध, आग्रहलगायत गरिसकेका उद्योगी व्यवसायीहरुले मागहरु सम्बोधन नभएपछि बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको बताएका छन् । अझै पनि सरकारले माग सुनुवाई नगर सरकारलाई नै व्यवसायको तालाचावी बुझाउने बाध्य हुने उनिहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्