Logo

शुरु भयो सरकार परिवर्तनको खेल, प्रचण्ड बन्लान त प्रधानमन्त्री ?

शुरु भयो सरकार परिवर्तनको खेल, प्रचण्ड बन्लान त प्रधानमन्त्री ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजेट निर्माणको अन्तिम चरणमा आएर सरकार परिवर्तनको खेल शुरु भएको छ । वर्तमान सरकारले जेठ १५ भित्रै आगामी आवको बजेट ल्याउने तयारी गरिरहँदा प्रमुख विपक्षी दल नेपाली काग्रेस तथा सत्ता साझेदार एकिकृत माओवादी भने सरकार परिवर्तनको खेलमा लागेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालको लागि ऐ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन गर्न सकिने बताए थिए । सोसँगै अध्यक्ष दाहालले आज विज्ञप्ती जारी गरी आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन साहयोग गर्न सत्ता साझेदार एमाले सहित अन्य दललाई आग्रह गरेका छन् ।

‘राष्ट्रिय स्वाधिनता एवं स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्याभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान कार्यान्वयन र पुनर्निमाणलाई केन्द्र विन्दुमा राखेर सहमतिलाई जोड दिँदै हाम्रो पार्टी एमाले नेतृत्वमा सरकारमा सहभागी भएको थियो,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘सो विषयमा बर्तमान सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि परिमाणमुखी कार्यन्वयनमा पुग्न सकेन ।’ यो अवस्थामा आफु नेतृत्वको सरकार बनाउन सहयोग गर्न काङ्ग्रेस तयार भएकाले सोही अनुरुपमा आफ्नो नेतृत्वको सरकार गठन गरी साझा कार्यभार पुरा गर्न दाहालले विज्ञप्तीमार्फत आग्रह गरेका छन् ।

यता वालुवाटारमा वसेको एमाले बैठकले पनि बर्तमान सरकार गिराउने खेल शुरु भएको निष्कर्ष निकाले छ । यो अवस्थामा भावी प्रधानमन्त्री दाहाल हुन्छ वा हुँदैनन् भन्ने हेर्न बाँकी छ ।

maiost

प्रतिक्रिया दिनुहोस्
MBL