काठमाडौं । सरकारले भ्यालेन्टाइन डेको मुखमा सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।
कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा बिषाधी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाईएको जानकारी दिएकी छिन ।
जसअनुसार काकडभिट्टा, भण्टाबारी, बिराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकावाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ ।
‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट बिशेष कारणले अर्को ब्यबस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्ननहुन सबन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ जारी परिपत्रमा छ ।