Logo

रविको राहदानीबारे छानविन शुरु, सरकारी वकिल कार्यालयले गर्‍यो तीन निकायमा पत्राचार

रविको राहदानीबारे छानविन शुरु, सरकारी वकिल कार्यालयले गर्‍यो तीन निकायमा पत्राचार



काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको राहदानीमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ ।

कार्यालयले विशेष जानकारीमार्फत यही माघ २४ गते रवि लामिछानेको राहदानी सम्बन्धमा जाहेरी परेको र सो विषयमा तीन निकायमा पत्राचार गरी कागजात मगाएको जानकारी दिएको छ । कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय र राहदानी विभागमा पत्र पठाएर आवश्यक कागजात मगाएको जानकारी गराएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद, मन्त्री पद खारेज गरिदिएको थियो । सर्वोच्चले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै गत शुक्रबार उनको सांसद, मन्त्री पद खारेज हुने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL