बिजखबर संवाददाता
१ पुस, काठमाडौं । आज मंगलबार पनि सुनको भाउँ ओरालो लागेको छ । साताको पहिलो दिनबाटै ओरालो लागेको सुनको भाउ आज तेस्रो दिन पनि १ सयले घटेको हो ।
सुन चाँदि व्यवसायी महासंघले मंगलबारको लागि छापा वाला सुन प्रति तोला ५२ हजार १ सय रुपैया तोकेको छ । साताको पहिलो दिन ५२ हजार ३ सय र दोस्रो दिन ५२ हजार २ सय थियो ।
यसैगरी चाँदिमा १५ रुपैया घटेको छ । चाँदिको मुल्य प्रतितोला ७१० मा कारोबार भइरहेको मंहासंले जनाएको छ ।