काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा(इ(डिभी) २०१७ को नतिजा आज राती सार्वजनिक हुँदैछ । सन् २०१५ को अक्टोवर १ देखि नोभेम्बर ३ सम्म इ डिभी प्रोग्राम अन्तर्गत अमेरिका जाने डिभीको नतिजा सार्वजनिक हुन लागेको हो ।
युएस डिपार्टमेन्ट अफ स्टेटको ब्युरो अफ काउन्सुलर अफेयर्सका साइटका अनुसार नेपाली समय अनुसार आज राती पैने १० मा नतिजा आउने छ ।
आफ्नो नतिजा थाहा पाउनका लागि डब्लुडब्लु डब्लु डट डिभी लोटरी डट स्टेट डट कम वेव साइटमा हेर्न सकिने छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्वरबाट आफुलाई डिभी परे नपरेको थाहा हुन्छ ।