Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । मंगलबार प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय १५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्