Logo

काठमाडौँमा बर्डफ्लू : तीनवटा फार्मका कुखुरा, अण्डा र दानासमेत नष्ट गरियो

काठमाडौँमा बर्डफ्लू : तीनवटा फार्मका कुखुरा, अण्डा र दानासमेत नष्ट गरियो



काठमाडौँ । काठमाडौँको तीन फर्ममा बर्डफ्लू पुष्टि भएको छ । पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मन थाले पछि परिक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो ।

ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो । पशु विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरण गरिएको छ ।

जसअनुसार ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अण्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको छ । उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL