काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिमण्डलले वाणिज्य मन्त्री जयन्तचन्दसँग भेटघाट गरेको छ । अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको टोलिले भेटका क्रममा विनाशकारी भुकम्प र अघोषित नाकाबन्दीका कारण मुुुलुकको उद्योग वाणिज्य क्षेत्रमा परेको असर बारे जानकारी गराए । साथै उद्योग व्यवसाय क्षेत्रको उत्थानको लागि सरकारले विशेष ध्यानदिन अनुरोध गरे ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीको भारत र चीन भ्रमणका अवसरमा भएका सहमतीहरु कार्यान्वयनमा सरकारले विशेष ध्यानदिनु पर्ने बताए । साथै यस सम्वन्धमाभईरहेकाप्रगतिबारे जानकारी गराउन समेत अनुरोध गरे ।
अध्यक्ष श्रेष्ठले इन्धनलगायत अतिआवश्यकीय बस्तुहरुको आपूर्तिमाअझै समस्या रहेको र वर्षायामको शुरुवातसंगै अति आवश्यक बस्तुहरुको आपूर्तिमा समेत थप समस्या सृजना हुन सक्ने तर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रतिउत्तरमा वाणिज्य मन्त्री जयन्तचन्दले चेम्वरबाट प्राप्त रचनात्मक सुझावहरु प्रति धन्यवाद व्यक्त गर्दै निजी क्षेत्रका समस्याहरु प्रति आफू गम्भिर रहेको बताए ।
साथै नीतिगत कुराहरुमा नेपाल चेम्वर अफ कमर्सकोे राय सुझाव अनुसार अगाडि बढने प्रतिवद्धता समेत व्यक्त गरे ।
भेटमा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले चेम्वरका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको जिज्ञासाबारे प्रकाश पारे । छलफल कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, सचिव देवेन्द्र भक्तश्रेष्ठ, सन्तोष कुमार पाण्डे लगायतकार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबजी, रमेश महर्जन, रामश्रेष्ठ, दिपकश्रेष्ठ र पंकजजलानको उपस्थिती रहेको थियो ।