Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि



काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।

हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL