Logo

आर्थिक बृद्धिदर १ प्रतिशतभन्दा तल रहने राष्ट्र संघको प्रक्षेण

आर्थिक बृद्धिदर १ प्रतिशतभन्दा तल रहने राष्ट्र संघको प्रक्षेण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर १ प्रतिशतभन्दा तल नै रहेने देखिएको छ । युनाइटेड नेशनको एशिया प्रसान्तको आर्थिक तथा सामाजिक सर्वेक्षण २०१६’ नामक अध्ययनले आर्थिक बृद्धिदर १ प्रतिशत नपुग्ने प्रक्षेपण गरेको हो ।

नेपाल राष्ट्र बैंक र एशियाली विकास बैकले देशको आर्थिक बृद्धिदर झण्डै २ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेपनि संयुक्त राष्ट्रसंघले भने १ प्रतिशतभन्दा तलनै रहने प्रक्षेपण गरेको हो । भर्खरै मात्र नेपाल सरकारले देशको आर्थिक बृद्धिदर २ प्रतिशतभन्दा माथी नै रहने प्रक्षेपण गरेको थियो भने नेपाल राष्ट्र बैंकले १ दशमलव ७ प्रतिशत रहने बताएको छ । यसैगरी, एसियाली विकास बैंक (एडीवी) ले १ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

लामो समयको नाकाबन्दीका कारण लक्ष्य अनुसारको आर्थिक बृद्धि नहुने सो अध्ययनले देखाएको हो । अध्ययनका अनुसार कृषि व्यापार, पर्यटनलगायत क्षेत्रको बृद्धिदर घटेकोले अर्थतन्त्रमा ठूलो असर पुगेको छ । त्यस्तै, असन्तुलित मनसुनका कारण कृषि उत्पादनमा समेत कम भएकोले पनि आर्थिक बृद्धिमा असर पुर्याएको बताइएको छ ।
तर अमेरिकासँगको व्यापार सम्झौताले नेपालमा लगानी आकर्षण गर्ने अध्ययनले देखाएको छ । ‘अमेरिकाले विभिन्न ६६ ओटा नेपाली बस्तुहरुमा भन्सार निःशुल्क गरेकोले लगानी आकर्षण गर्न सक्छ,’ अध्ययनमा भनिएको छ ।

त्यसैगरी, भारतसँगको जलविद्युत सम्झौताले नेपालको विद्युत अभावलाई केही राहत दिने तथा लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । अध्ययनका अनुसार गत बर्ष बैशाखमा गएको भुकम्पले ७ लाख भन्दा बढी जनतालाई गरिवीको रेखामा पुर्याएको छ ।

त्यस्तै अध्ययन अनुसार एशिया प्रान्तको कुल ग्राह्यस्थ उत्पादन २०१० देखि क्रमशः घट्दै गएको देखाएको छ । सो अवधिमा घरायसी तथा कर्पोरेट ऋण बढेको छ । जसले गर्दा आर्थिक बृद्धि घटेको युनाइटेड नेशनका इकोनोमिक अफियर्स अफिसर सुदिप रञ्जन बासुले जानकारी दिए । सोमवार नेपालमा सो रिपोर्ट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै वित्तीय क्षेत्रबाटै घरायसी तथा कर्पोरेट ऋण कम गर्न पहल थाल्नुपर्ने बताए । सो अवसरमा सावतीका एक्जुकेटिभ अफिसर पोषराज पाण्डेले पछिल्लो समय नेपाललगायत एशियाली प्रान्तमा शरहीकरण बढेको बताए ।

साथै उनले भारतको अघोषित नाकाबन्दीले गर्दा नेपालले विभिन्न प्रकारका चुनौतीको सामना गर्नुपरेको बताए । सो अवसरमा उनले स्मार्ट र चलायमान औद्योगिक नीतिको आवश्यकता रहेको उनले जानकारी दिए ।

सो अवसरमा उनले हालको अवस्थामा आर्थिक बृद्धिलाई कसरी सुधार गर्ने भन्ने विषय नेपालको ठुलो चुनौती रहेको उनले जानकारी दिए । साथै कृषिलाई प्रवद्र्धन गर्ने तथा युवाहरुलाई विदेश जानबाट रोकेर आर्थिक बृद्धिमा लाग्न सुझाव दिए । ‘हामीले आफ्ना स्रोत साधनको परिचालन गरेर युवाहरुलाई त्यसमा लगाउनु आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL