Logo

एकैदिन १४ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

एकैदिन १४ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । शुक्रबार एकैदिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँको गिरावट आएको छ । बिहीबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्