Logo

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल कोलम्बो प्रस्थान, श्रीलंकामा उच्चस्तरीय भेटवार्ता गर्ने

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल कोलम्बो प्रस्थान, श्रीलंकामा उच्चस्तरीय भेटवार्ता गर्ने



काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् ।

परराष्ट्र मन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेश्नल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्नेछिन् । मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् ।

यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको छ । मन्त्री पौड्यालले भोली शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्