Logo

शारिरीक अपाङ्गता भएकालाई एनएलजीले दियो बैसाकी, ६७ जना लाभान्वित

शारिरीक अपाङ्गता भएकालाई एनएलजीले दियो बैसाकी, ६७ जना लाभान्वित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएलजी इन्स्योरेन्सले शारिरीक अपाङ्गता भएका व्यक्तिलाई बैसाकी वितरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत बुटवलमा एक कार्यक्रमबीच ६७ वटा आधुनिक खालका बैसाकी वितरण गरेको हो ।

एक कार्यक्रमबीच संस्थाका अध्यक्ष कुशप्रसाद मल्ली तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले उक्त बैंशाखी वितरण गरे । एनएलजीले रुपन्देही, कपिलबस्तु र पाल्पा जिल्लाका शारिरीक अपाङ्गता भएका व्यक्तिलाई बैंशाखी वितरण गरेको हो ।

संस्थाले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न खालका कार्यक्रम गर्ने लक्ष्य लिएको कम्पनी अध्यक्ष मल्लीले जानकारी दिए । ‘कुनै पनि कम्पनी नाफा कमाउने उद्देश्य अनुरुप मात्र खोलिँदैन,’ उनले भने, ‘उसले विभिन्न खालका सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्नेछ ।’

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान श्रेष्ठ, लाइन्स क्लव इन्टरनेशनल डिस्ट्रीक मेम्वर तथा विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL