Logo

कामना सेवा विकास बैंकका सीईओ बस्नेतसहित चार जना पक्राउ, फर्जी कम्पनीहरु खडा गरेर ऋण दिएको आरोप

कामना सेवा विकास बैंकका सीईओ बस्नेतसहित चार जना पक्राउ, फर्जी कम्पनीहरु खडा गरेर ऋण दिएको आरोप



काठमाडौं । । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । घटनामा अझै थप केही व्यक्ति फरार छन् ।

नेपाल राष्ट्र बैंक हुँदै आएको सूचनाका आधारका इलाका प्रहरी कार्यालय, दमकले यसबारे अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुमाथि बैंकिङ कसूरसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको स्रोतले जानकारी दिएको छ ।

यसबारे कामना सेवा विकास बैंकले पहिले आन्तरिक अनुसन्धान गरेको थियो । त्यसक्रममा समस्या देखिएपछि राष्ट्र बैंकसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो । बैंकले गरेको अनुसन्धानमा पनि समस्या देखिएपछि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई भनेको थियो । सीआईबीले झापाको घटना भएकाले इलाका प्रहरी कार्यालय दमकलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL