Logo

जिफन्टद्धारा धरहरा पुननिर्माणका लागि कोष स्थापना, पौने ४ लाख सहयोग

जिफन्टद्धारा धरहरा पुननिर्माणका लागि कोष स्थापना, पौने ४ लाख सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले मै बनाउँछु मेरो धरहरा राष्ट्रिय अभियान अन्तर्गत ३ लाख ८७ हजार ४ सय १८ रुपैंयाको धरहरा पुननिर्माण कोष स्थापना गरेको छ । आइतवार १ सय २७ औं मे दिवसको अवसरमा काठमाडौको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच नेकपा एमालेका महासचिव इश्वर पोखरेलको उपस्थितिमा उक्त कोष खडा गरिएको हो ।

कोषमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं जिफन्ट अध्यक्ष विष्णु रिमालले आफ्नो ३ दिनको तलब प्रदान गर्ने घोषणा गरेका छन् ।

आइतवारदेखि नै धरहरा बनाउन म पनि सामेल जिफन्टको यो अभियानमा सम्पूर्ण श्रमिकहरुलाई एक दिन बराबरको तलब प्रदान गर्न जिफन्टले आब्हान गरेको छ । कोषमा होटल क्षेत्रको मजदूर यूनियन नेस्वहोमयू शोल्टीले ५० हजार प्रदान गरेको थियो । त्यसैगरी पर्यटन क्षेत्रको मजदुर यूनियन यूनिट्राभ अन्तर्गत हिमालयन इन्काउन्टर ठमेलले २० हजार प्रदान गरेको थियो ।

कार्यक्रममा जिफन्टका अध्यक्ष विष्णु रिमालले यो साल नवनिर्माण र पूननिर्माणको नीम्ति महत्वपूर्ण भएकाले सबै श्रमिकलाई यो अभियानमा सामेल हुन आग्रह गरेका थिए ।

कोषमा सहयोग प्रदान गर्न इच्छुक व्यक्तिहरुले राष्ट्रिय वाणिज्य बैंक थापाथलीको धरहरा पूननिर्माण कोषको चल्ती खाता नं. १४३०००१९८००१ सहयोग प्रदान गर्न सकिने जिफन्टका महासचिव विष्णु लम्सालले जानकारी दिए ।

कार्यक्रममा जिफन्टका पूर्वमहासचिव उमेश उपाध्यायद्धारा लिखित ʽशाही तबेलाका बुढा घोडाहरुʼ नामक कविता संग्रह विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL