Logo

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रू पाँच सयले बढेर रू एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू पाँचले बढेर प्रतितोला रू एक हजार तीन सय ७० पुगेको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL