Logo

फेब्रुअरीलाई ‘आयोडिन मन्थ’ का रूपमा मनाइने, आयोडिनयुक्त नुनको प्रवर्द्धनको उद्देश्य

फेब्रुअरीलाई ‘आयोडिन मन्थ’ का रूपमा मनाइने, आयोडिनयुक्त नुनको प्रवर्द्धनको उद्देश्य



काठमाडौं । सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा मनाउने भएको छ। फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतीसम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा एक महिना चेतानामूलक गतिविधि गर्न लागिएको हो।

आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतना जगाउने उद्देश्यअनुरूप फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरुसम्बन्धी जनचेतना जगाउने महिनाका रूपमा मनाउन लागिएको साल्ट ट्रेडिङ कर्पोरेसन लि। ले जनाएको छ ।

युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिँदै आएको छ । नेपाल सो संस्थाको सदस्य राष्ट्र हो।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री वितरण, प्रदर्शनी कक्ष (स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जनाएको छ।

नेपाल सरकारले विगत ६० वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसन लि। लाई देशभर आयोडिनयुक्त नुनको आपूर्तिको जिम्मेवारी दिएको छ । नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL